पूर्ण विवरण
नेपाली कांग्रेसले चुनावी अभियानमा राष्ट्रिय झन्डा प्रयोग गर्दा ध्यान दिनुपर्ने बारे ५ बुँदे परिपत्र जारी गरेको छ। उपसभापति विश्वप्रकाश शर्माले मातहतका पार्टी संरचनालाई निर्देशित गर्दै, निर्वाचन प्रचारमा १० वटासम्म मात्र झन्डा प्रयोग गर्न र सम्मानका साथ फहराउन सहयोग गर्न अनुरोध गरेका छन्। झन्डा व्यक्तिको शिरभन्दा माथि राख्नुपर्ने र शरीरका बिभिन्न भागमा ओढ्ने कार्यलाई गलत मानिएको छ। राष्ट्रिय झन्डा चुनावी कार्यालय, कार्यक्रम स्थल र सवारी साधनमा पार्टी झन्डाबाट माथि राखेर फहराउनुपर्ने छ।
#Nepal#News#राजनीति