पूर्ण विवरण
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। आयोगको भनाइअनुसार, आचार्यले ६ करोड ७৮ लाख ९१ हजार १५ रुपैयाँको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेका हुन्। उनले पैसाको स्रोत पुष्टि गर्न नसकेको देखिएपछि विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो। त्यसैगरी, आचार्यले आफ्नो पत्नी लिली सुवेदीको नाममा पनि सम्पत्ति किनेर आर्जन गरेको आरोप छ।
#Nepal#News#राजनीति