पूर्ण विवरण
आईसीसी महिला टी-२० विश्वकप छनोटको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग २ रनको अन्तरले हार व्यहोरेको छ। नेपालले १४१ रनको लक्ष्य पछ्याउने क्रममा २० ओभरमा ७ विकेट गुमाएर १३८ रन बनायो। अन्तिम ओभरमा १२ रन चाहिए पनि रुबिना क्षेत्री र सीता राना मगरको जोडीले केवल १० रन जोड्न सके। रुबिनाले १२ बलमा ३७ रन बनाइन्। यसअघि नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाएको थियो। यस हारसँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना कम भएको छ।
#Nepal#News#खेलकुद