Sunday, February 1, 2026
राजनीति

नयाँ संसद्को पहिलो बैठक सिंहदरबारमा

आईएनएन स्टाफ
3 मिनेट पढ्न
शेयर:

पूर्ण विवरण

प्रतिनिधिसभा चुनावपछि २१ फागुनमा गठन हुने नयाँ संसद्को बैठक सिंहदरबारमा रहेको नयाँ संसद भवनमा सञ्चालन हुने निर्णय भएको छ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले यसका लागि सरकारसँग निरन्तर संवाद गरिरहेको जानकारी दिएका छन्। नयाँ संसद भवनमा बैठक सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधारहरू तयार हुने विश्वास व्यक्त गर्दै, उनले बैठक कक्षसहित १२ कक्ष मध्ये ६ वटा कक्ष उपलब्ध भएको खण्डमा बैठक सहजै सञ्चालन गर्न सकिने संभावना रहेको बताएको छन्। तत्कालका लागि न्यूनतम पूर्वाधारका साथ बैठक सुरु गर्ने र पूर्ण निर्माणपछि अन्य सेवाहरू पनि त्यहीँबाट सञ्चालन गरिने योजना बनाइएको छ।

#Nepal#News#राजनीति
    नयाँ संसद्को पहिलो बैठक सिंहदरबारमा | Independent News Nepal