पूर्ण विवरण
बागलुङ र पूर्वी रुकुमको सीमामा भएको भारी हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। पातीहाल्ने क्षेत्रमा लगभग दुई फिटको हिउँ जमेको छ र यातायात ठप्प भएको छ। यात्रुबाहक बस र सवारी साधनहरू बिचमा रोकिएका छन्। मौसम प्रतिकूल भएपछि सञ्चारसम्पर्कमा पनि समस्या देखिएको छ। सडक खुलाउनको लागि जेसिबी पठाइएको भए तापनि निरन्तर वर्षाका कारण काम आरम्भ गर्न कठिनाइ भइरहेको छ।
#Nepal#News#अन्य