Sunday, February 1, 2026
मनोरञ्जन

फिल्म 'कुमारी'को अन्तर्राष्ट्रिय रिलिज

आईएनएन स्टाफ
3 मिनेट पढ्न
शेयर:

पूर्ण विवरण

फिल्म 'कुमारी' अमेरिकामा आत्रेय प्रोडक्सन र कोसेली कोलोराडो, अस्ट्रेलियामा असकास्ट नेपाल र थ्रीकेजी इभेन्ट्स, क्यानडामा मेरो इभेन्ट्स र मध्यपूर्वका मुलुकमा नेपफिल्म्सले प्रदर्शन गर्ने गरी वितरण अधिकार किनिसकेका छन्। ट्रेलरले प्राप्‍त सफल प्रतिक्रियाको आधारमा अन्य मुलुकबाट पनि प्रदर्शनको माग आएको बताइएको छ। दिनेश राउतको निर्देशनमा बनेको यस फिल्ममा अभिषेक खड्का र आकृति राजभण्डारीको मुख्य भूमिकामा डेब्यु छ। फिल्मको कथा विकास सुवेदीले लेखेका छन् र यसका गीतहरूले पनि लोकप्रियता हासिल गरेका छन्। फिल्म नेपालमा माघ २३ गते प्रदर्शन हुनेछ।

#Nepal#News#मनोरञ्जन