पूर्ण विवरण
नेपथ्य ब्याण्डले फेब्रुअरी ४ देखि १४ सम्म चार शहरमा कन्सर्ट गर्ने योजना बनाएको छ। यात्रा हेटौंडाबाट सुरु हुनेछ, जहाँ पहिलो कन्सर्ट भुटनदेवी माध्यमिक विद्यालयको प्रांगणमा आयोजना हुनेछ। त्यसपछि बुटवल, नारायणघाट, र बन्दीपुरमा कन्सर्ट हुनेछन्। बुटवलमा 'रोज डे' विशेष कन्सर्ट हुनेछ र बन्दीपुरमा पनि पहिलोपटक प्रस्तुति दिन जाँदैछ। तीन वर्षको अवधिपछि नेपथ्य हेटौंडा, बुटवल र नारायणघाटमा फेरी प्रस्तुत हुँदैछ।
#Nepal#News#मनोरञ्जन