पूर्ण विवरण
पूर्वाञ्चल विश्वविद्यालयले 'हिमालयको भविष्यको परिकल्पना: दिगोपन र विकासको बाटो' भन्ने विषयमा माघ २९ र फागुन १ गते दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ। सम्मेलन मोरङको गोठगाउँस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हुनेछ। ३०० भन्दा बढी विद्वान, नीति निर्माता र विद्यार्थीहरूको सहभागितामा १५० अनुसन्धान कार्यपत्र प्रस्तुत गरिने छन्। यु.एस., भारत, नर्वे, युक्रेन, थाइल्याण्ड, दक्षिण अफ्रिका र बङ्गलादेश जस्ता १२ देशका सहभागीहरूको उपस्थितिमा दिगोपन र विकासको विषयमा बहस हुनेछ। सम्मेलनको व्यवस्थापनमा विभिन्न संस्था र स्थानीय निकायले सहयोग उपलब्ध गराएका छन्।
#Nepal#News#अन्य