पूर्ण विवरण
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौँको त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन्। उनी ५ माघमा मधेस प्रदेशको जनकपुरमा पार्टीको कार्यक्रममा सहभागी हुँदा देब्रे खुट्टामा चोट लागेको थियो। अस्पतालमा भर्ना भएपछि उनलाई सेलुलाइटिस भएको थाहा भयो र उपचारका रूपमा एन्टिबायोटिक दिइयो। स्वास्थ्य सुधार भएपछि उनले घरमा आराम गर्ने गरी डिस्चार्जको लागि अनुरोध गरेका थिए। अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले उनको डिस्चार्जको जानकारी दिएका छन्।
#Nepal#News#राजनीति