Sunday, February 1, 2026
अन्य

सेतीखोलामा डुबेका पुरुषको खोजी जारी

आईएनएन स्टाफ
3 मिनेट पढ्न
शेयर:

पूर्ण विवरण

तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा ४४ वर्षीय टेकबहादुर सप्लाङ्गी माछा मार्दै गर्दा १३ माघका दिन भुमरीमा परेर बेपत्ता भए। जिल्ला प्रहरी कार्यालयले स्थानीय बासिन्दा र प्रहरी टोलीले घटनास्थल छेउमा खोजी जारी राखेको तर उनलाई फेला पार्न सकेको छैन। पोखराबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पनि खोजीमा संलग्न रहेको छ।

#Nepal#News#अन्य