पूर्ण विवरण
आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं–१० की सुमित्रा बस्नेत र कैलाली–१ का रेशम चौधरीको उम्मेदवारी खारेज गरिएको छ। यो निर्णय निर्वाचन आयोगले परेका उजुरीको जाँचपछि गरेको हो। बस्नेतको नाम कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको प्रमाणित भएकोले उनकी उम्मेदवारी खारेज गरिएको काठमाडौँ निर्वाचन कार्यालयका अधिकृतले जानकारी दिएका छन्। निर्वाचनको प्रक्रिया अनुसार उम्मेदवारको नामावली चाँडै प्रकाशित गरिनेछ र उम्मेदवारहरूले नाम फिर्ता गर्ने अवसर पाउनेछन्।
#Nepal#News#राजनीति