पूर्ण विवरण
भक्तपुरको मध्यपुर थिमीमा रहेको बाल सुधार गृहमा बिहीबार राति झडप भएको छ। ८ जना नाबालक घाइते भएका छन्। झडप र आगजनीका कारण १४५ जना पुरुष र २४ जना महिला नाबालिकालाई विभिन्न प्रहरी युनिटमा सुरक्षित स्थानमा लगिएको छ। घटनामा प्रहरी पनि घाइते भएका छन् भने कुटपिट गर्ने समूहले प्रहरीको सामान समेत लुटेको बताइएको छ। झडपको अवस्था अहिले नियन्त्रणमा आएको छ।
#Nepal#News#अन्य