पूर्ण विवरण
१४ माघ, काभ्रेको मण्डनदेउपुर नगरपालिका-९ जितौरी पोखरीमा नवप्रतिभा इंग्लिस बोर्डिङ स्कुलको भ्यान दुर्घटना भएको छ। भ्यानमा सवार ५ जना विद्यार्थीहरू सकुशल छन्, जबकि २४ वर्षीया चालक दीपिका ढकाल घाइते भएकी छन्। भ्यानको ब्रेक फेल भएर घटना भएको र चालकको अवस्था सामान्य नभएकाले उनलाई धुलिखेल अस्पतालमा उपचारका लागि पठाइएको जानकारी प्राप्त भएको छ।
#Nepal#News#अन्य