पूर्ण विवरण
काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। यस महाधिवेशनबाट गगन थापालाई सभापति, विश्वप्रकाश शर्मा र पुष्पा भुसाललाई उपसभापति, तथा गुरु घिमिरे र प्रदीप पौडेललाई महामन्त्रीका रूपमा निर्वाचित गरिएको हो। सहमहामन्त्रीका रूपमा डिला संग्रौला पन्त (महिला), मुक्ता कुमारी यादव (मधेसी), प्रकाश रसाइली (दलित), बहादुर सिंह लामा (आदिवासी जनजाति), उदयशमशेर राणा (खस आर्य), योगेन्द्र चौधरी (थारू), र कर्ण बूढा (पिछडिएको क्षेत्र) चयन गरेका छन्।
#Nepal#News#राजनीति