Sunday, February 1, 2026
अन्य

म्याग्दीको लुलाङमा १ हप्तादेखि विद्युत सेवा अवरुद्ध

आईएनएन स्टाफ
3 मिनेट पढ्न
शेयर:

पूर्ण विवरण

म्याग्दीको धवलागिरी गाउँपालिका–२ को लुलाङमा विद्युत सेवा एक हप्तादेखि बंद छ। दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृहका उपकरणमा प्राविधिक समस्या आएपछि लुलाङ, लमसुङ, खोरीया र मरेनी टोलका बासिन्दा विद्युत लाभबाट वञ्चित छन्। यसले शिक्षण, घरायसी काम र सञ्चारमा समस्या ल्याएको छ। स्थानीय उपाध्यक्ष रेशम पुनमगरले मिटरबक्स जडान गरि विद्युत विस्तारमा पहल गरिने जानकारी दिए, साथै दिर्घकालिन समस्या समाधानका लागि केन्द्रिय प्रशारण लाइनको विद्युत जोड्न प्राथमिकता दिइने बताइएको छ।

#Nepal#News#अन्य