पूर्ण विवरण
काठमाडौँमा प्रधानमन्त्री सुशीला कार्कीसँग नर्वेली राजदूत ड्याग्नी मियोसको शिष्टाचार भेट आज भएको थियो। सिंहदरबारमा भएको उक्त भेटमा दुईपक्षीय सहयोगका विषयमा छलफल गरिएको थियो। प्रधानमन्त्री कार्किले असामान्य परिस्थितिमा सरकारमा आउने कुरा गर्दै मुलुक अब सामान्य अवस्थामा फर्किन लागेको र आगामी चुनावमा जानु पर्ने बताइन। उनले नर्वेसम्बद्ध अन्तर्राष्ट्रीय समुदायको समर्थन र विश्वासका लागि धन्यवाद पनि व्यक्त गरिन्। राजदूत मियोसले कार्कीको नेतृत्वमा आगामी निर्वाचन सफल हुने विश्वास व्यक्त गर्दै नेपालका शान्ति प्रक्रिया र दिगो विकासमा नर्वेको सहयोग यथावत् रहने आश्वासन दिएका छन्।
#Nepal#News#राजनीति