पूर्ण विवरण
देवचुली नगरपालिका–१ केउरेनीमा १२ माघमा विद्यालय बसको ठक्करले चार वर्षीया सुष्मा कुमारी पासवानको मृत्यु भएको छ। उनले नेपाल नमुना मावि केउरेनीको नर्सरी कक्षामा अध्ययन गर्थिन्। स्कूल हाताभित्र बस घुमाउने क्रममा घटनामा बालिका गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल देवचुली नगर अस्पतालमा राखिएको तर चिकित्सकले मृत घोषणा गरे। घटना पछि कोठामा बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
#Nepal#News#अन्य