पूर्ण विवरण
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले माथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटमा सुनुवाइ भइरहेको छ। न्यायाधीश मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको इजलासमा यो मुद्दाको सुनुवाइ भइरहेको छ। युथराज सफल, अधिवक्ता दिनेश त्रिपाठी र अन्य कानुनी शिक्षार्थीहरूले दायर गरेको रिटमा उक्त निर्णयलाई गैरकानुनी र अनैतिक रूपमा लिएको ठहर गर्दै बदर गर्न माग गरिएको छ। पुस ३० गतेको महान्यायाधिवक्ताको निर्णयसँगै लामिछानेविरुद्धका मुद्दाहरूलाई कमजोर बनाउन खोजिएको र यसले हजारौं बचतकर्ताको अधिकारमा प्रभाव पार्न सक्ने जिकिर रिटमा गरिएको छ।
#Nepal#News#राजनीति