Sunday, February 1, 2026
अन्य

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

आईएनएन स्टाफ
3 मिनेट पढ्न
शेयर:

पूर्ण विवरण

रुकुम पूर्वमा जारी हिमपातका कारण मध्यपहाडी लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। यस अवरोधका कारण काठमाडौँबाट रुकुमको लागि छुटेका बसहरू मध्ये केही पत्यापति गाडीमा फसेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार, उद्धारका लागि प्रहरी निरीक्षक हिमराज विकको नेतृत्वमा टोली पठाइएको छ। प्रमुख जिल्ला अधिकारी सीता परियारले हिउँ पन्छाउन स्काभेटर र जेसीबीको प्रयोग गर्ने तयारी गरिएको जानकारी दिइन्। निरन्तर हिउँ पर्नका कारण जनजीवन प्रभावित भएको छ, तर लामो समयपछि वर्षा र हिमपातले किसानलाई राहत दिएको छ।

#Nepal#News#अन्य
    हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध | Independent News Nepal