Sunday, February 1, 2026
राजनीति

गृह मन्त्रालयले सुव्यवस्थित निर्वाचन अवधारणा जारी गर्यो

आईएनएन स्टाफ
3 मिनेट पढ्न
शेयर:

पूर्ण विवरण

गृह मन्त्रालयले 'सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्नेसम्बन्धी अवधारणा, २०८२' जारी गरेको छ। यस अवधारणामा वडामा सक्रिय राजनीतिक दलका पदाधिकारी र प्रबुद्ध व्यक्तिहरुलाई समावेश गर्दै निर्वाचनको प्रक्रिया स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन योजना बनाइएको छ। यसमा प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिका सबै सदस्यलाई कार्यान्वयनका लागि जिम्मेवार बनाइएको छ।

#Nepal#News#राजनीति