पूर्ण विवरण
गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारीको लागि प्रमुख जिल्ला अधिकारी (सिडिओ) र जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई स्थानीय जनप्रतिनिधिसँग सहकार्य गर्दै अघि बढ्न निर्देशन दिएका छन्। उनले काभ्रेपलाञ्चोकको धुलिखेलमा उच्च अधिकारीसँग छलफल गर्दै स्वच्छ र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न 'सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्ने सम्बन्धी अवधारणा, २०८२' लाई कार्यान्वयन गर्न महत्त्वपूर्ण निर्देशन दिएका छन्।
#Nepal#News#राजनीति