पूर्ण विवरण
तनहुँ निर्वाचन क्षेत्र नम्बर-२ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार मनराज गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। उनले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीराम न्यौपानेलाई समर्थन गर्ने घोषणा गरेका हुन्। मनराजले यो निर्णय व्यक्तिगत कारणले लिएको बताउँदै जनताको अवस्थालाई परिवर्तन गर्न नयाँ शक्तिको आवश्यकता रहेको बताएका छन्।
#Nepal#News#राजनीति