पूर्ण विवरण
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ को कार्यान्वयनका लागि सर्कुलर जारी गरेको छ। निर्वाचन आयोगले आचारसंहिता २०८२ माघ ४ गते राति १२ बजेदेखि लागु भएको जनाएको छ। मन्त्रालका शाखा अधिकृत दीपेश कट्टेलका अनुसार यस आचारसंहितामा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी रहेको छ। सरकारले २०८२ साल पुस १२ गते नेपाल राजपत्रमा यो आचारसंहिता सार्वजनिक गरेको थियो।
#Nepal#News#राजनीति