Sunday, February 1, 2026
खेलकुद

पर्वतको लगातार तेस्रो जित, माल्दिभ्सकाे चाैथाे हार

आईएनएन स्टाफ
3 मिनेट पढ्न
शेयर:

पूर्ण विवरण

छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा पर्वत भलिबल संघले आजको खेलमा माल्दिभ्स भलिबल एसोसियसनलाई ३–० मा पराजित गर्यो। पर्वतले पहिलो सेट २५–१७, दोस्रो सेट २५–१८, र तेस्रो सेट २५–१६ ले जित्यो। यसअघि पनि पर्वतले नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल एपीएफलाई हराएको थियो। माल्दिभ्सले भने लगातार चौथो हार बेहोरेको छ। च्याम्पियनसिपमा पुरुष र महिलातर्फ खेल भइरहेको छ, जसमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन्। प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि भिड्ने छन्। महिलातर्फको फाइनल माघ १६ र पुरुषतर्फको फाइनल माघ १७ गते हुनेछ।

#Nepal#News#खेलकुद