Sunday, February 1, 2026
खेलकुद

न्यू डायमण्डले जित्यो टाइगर कप उपाधि

आईएनएन स्टाफ
3 मिनेट पढ्न
शेयर:

पूर्ण विवरण

न्यू डायमण्ड स्पोर्ट्स क्लबले पोखरा रंगशालामा आयोजना भएको छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि जितेको छ। फाइनलमा, न्यू डायमण्डले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेर जित दियो। न्यू डायमण्डले पहिलो सेट २५–११, दोस्रो २५–२२, र तेस्रो २५–१६ ले जितेको हो। उपाधिसँगै न्यू डायमण्डले ६ लाख ६६ हजार ६६६ रुपैयाँ प्राप्त ग¥यो। पुलिस क्लबले ३ लाख ६६ हजार ६६६ रुपैयाँ पाए भने थाइल्यान्ड क्वीन्सले २ लाख ६ हजार ६६६ रुपैयाँ हात पार्यो। न्यू डायमण्डकी सुमित्रा रेग्मी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनिन् र उनले २६ हजार ६६६ रुपैयाँ प्राप्त गरिन्। च्याम्पियनसिपमा पुरुषतर्फका फाइनल खेलहरूको तयारी भइरहेको छ।

#Nepal#News#खेलकुद