पूर्ण विवरण
काठमाडौँको माइतीघरमा इपीएस अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेका युवाहरूले प्रदर्शन गरेका छन्। उनीहरूले कृषि र पानीजहाजको लागि भाषा परीक्षा पास गरे पनि रोजगारदाताको छनोटमा नपर्दा दक्षिण कोरिया जान नपाएको गुनासो गरेका छन्। प्रदर्शनमा, उनीहरूले रोस्टरमा रहने अवधि २ वर्ष थप्न, छिटो रोजगारीको सुनिश्चितता र इपीएसका गतिविधिहरू सुधार गर्नका लागि माग गरेका छन्।
#Nepal#News#अन्तर्राष्ट्रिय