पूर्ण विवरण
काठमाडौंको चाबहिलमा रहेका यातायात व्यवस्था कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ। यस क्रममा २५ वटा मोबाइल फोन र अन्य कागजातहरू बरामद भएका छन्। कार्यालय प्रमुख पेशलकुमार पोखरेलसहित १७ जना कर्मचारीले सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा सफल बनाउनको लागि बिचौलियामार्फत ५,००० देखि १०,००० रुपैयाँ रकम संकलन गर्दै भ्रष्टाचार गरेको पाइएको छ। साथै, लिखित परीक्षा दिई फेल भएका व्यक्तिहरूसँग पुनः परीक्षा दर्ता गराउने प्रक्रियामा पनि संलग्न थिय। ट्राफिक प्रहरीका ३ जनाका मोबाइल फोन पनि पक्राउ गर्न सफल भएको छ।
#Nepal#News#राजनीति