Sunday, February 1, 2026
अर्थ

नेप्सेमा ५ अंकको वृद्धि, कारोबार घट्यो

आईएनएन स्टाफ
3 मिनेट पढ्न
शेयर:

पूर्ण विवरण

बुधबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकले ५.३८ अंकको वृद्धि गर्दै २७३१.८९ विन्दुमा समाप्त भएको छ। तर, कारोबार रकम भने अघिल्लो दिनको १४ अर्ब १६ करोडबाट घटेर ११ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। यस दिन ३३४ कम्पनीका २ करोड ३६ लाख १८ हजार १८६ कित्ता सेयर किनबेच भएका छन्। ११२ कम्पनीका सेयर मूल्य घटे, जबकि १४१ कम्पनीका सेयर मूल्य बढेका छन्। कर्पोरेट डेभलपमेन्ट बैंक र आँखुखोला जलविद्युत्को सेयर मूल्य १० प्रतिशतसम्म वृद्धि भएको छ, जबकि गुडविल फाइनान्स डिबेन्चरको मूल्य ८ प्रतिशत घटेको छ।

#Nepal#News#अर्थ