पूर्ण विवरण
रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार कर्भिका थापाले आज आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्। उनले एक प्रेस विज्ञप्ति जारी गर्दै, नेपालको संविधानको धारा २९१ अनुसार विदेशमा पाएको स्थायी आवास अनुमति (पीआर) त्याग गरेको तीन महिना पूरा नभएको कारण उम्मेदवारी फिर्ता गर्नुपरेको जानकारी गराइन्। उनले स्पष्ट पारेकी छन् कि उनी नेपाली नागरिकता र राहदानी बाहेक अन्य कुनै देशको नागरिकता होल्ड गरेकी छैनन्। उम्मेदवारी फिर्ता गरेपछि नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।
#Nepal#News#राजनीति