पूर्ण विवरण
निर्वाचन आयोगका अनुसार आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सबैभन्दा बढी उम्मेदवारी रुपन्देही निर्वाचन क्षेत्र २ र ३ मा परेको छ, जहाँ क्रमशः ३५ र ३७ उम्मेदवार दर्ता भएका छन्। जबकि सर्वाधिक कम उमेदवार मुस्ताङमा ४ र मनाङमा ५ मात्र रहेका छन्। कुल १६५ निर्वाचन क्षेत्रमध्ये, अबसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता भइसकेको छ, जसमा ३०३ महिला र २ हजार ३५२ पुरुष उम्मेदवार छन्। समानुपातिक र प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत चुनाव हुनेछ।
#Nepal#News#राजनीति