पूर्ण विवरण
बिहीबार सेयर बजार परिसूचक नेप्से ९.२३ अंकले वृद्धि हुँदै २७१४.६१ विन्दुमा पुगेको छ। यस दिन ३३२ कम्पनीका १ करोड ९० लाख ७५ हजार ७५६ कित्ता सेयरको कारोबार भएको छ, जसको कुल रकम ९ अर्ब ७ करोड ३९ लाख रुपैयाँ बराबर छ। १६२ कम्पनीका सेयर मूल्य वृद्धि भएको छ भने ८८ कम्पनीको मूल्य घटेको देखिएको छ। तीन कम्पनीको सेयरमा १० प्रतिशतको वृद्धि भएको छ, जसमा एसवाई प्यानल, श्रीनगर एग्रोटेक र त्रिशुली जलविद्युत कम्पनी छन्। आँखुखोला जलविद्युत कम्पनीले सबैभन्दा बढी ४० करोड ८२ लाखका बराबरको कारोबार गरेको छ। आजको बजार पुँजीकरण ४५ खर्ब ५७ अर्ब ८९ करोड ९५ लाख रुपैयाँ पुगेको छ।
#Nepal#News#अर्थ