पूर्ण विवरण
शिशिर खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फबाट काठमाडौं–६ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन्। यसअघि उनी यस क्षेत्रबाट निर्वाचित भई शिक्षा तथा प्रविधिमन्त्रीको रूपमा काम गरिसकेका छन्। उम्मेदवारीको प्रस्तावक शैलेजा कसाजु र समर्थक अभिषेक थापा रहेका छन्। थापा जेनजी आन्दोलनका क्रममा घाइते भएका थिए। आगामी २१ फागुनमा हुने निर्वाचनको लागि आज देशभर प्रत्यक्ष उम्मेदवारी दर्ता भइरहेको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत निर्वाचित हुनेछन्।
#Nepal#News#राजनीति