पूर्ण विवरण
आइसीसी टी–२० क्रिकेट विश्वकपको दशौं संस्करण माघ २४ गतेदेखि नेपालमा स्ट्याक्स नेपालमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ। यो पहिलो खेलकुद केन्द्रित डिजिटल प्लेटफर्म हो जसले मोबाइल, ट्याब्लेट र अन्य स्मार्ट उपकरणमार्फत खेलहरू हेर्नको लागि सेवा प्रदान गर्ने छ। दर्शकहरूले ईसेवा प्रयोग गरेर सदस्यता शुल्क भुक्तानी गर्न सक्नेछन्। स्ट्याक्स नेपालका प्रबन्ध निर्देशक शिशिर पछाईका अनुसार यस प्लेटफर्मको उद्देश्य नेपाली दर्शकलाई अन्तर्राष्ट्रिय खेलकुद सामग्री उपलब्ध गराउने हो।
#Nepal#News#प्रविधि