Sunday, February 1, 2026
राजनीति

लुम्बिनी प्रदेश सभाको तेस्रो बैठक आज

आईएनएन स्टाफ
3 मिनेट पढ्न
शेयर:

पूर्ण विवरण

आज लुम्बिनी प्रदेश सभाको तेस्रो बैठक दिउँसो १ बजे बुटवलमा बस्नेछ। यस बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयहरूमा विशेष समयमा बोल्ने मौका पाउनेछन्। मुख्यमन्त्री चेतनारायण आचार्यले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्नका लागि विधेयक पेस गर्नेछन्। साथै, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले दलितको अधिकारको संरक्षणका लागि विधेयक माथि सैद्धान्तिक छलफल गराउने प्रस्ताव राख्नेछन्। स्वास्थ्य मन्त्री खेमबहादुर सारुले जीवनाशक विषादीको व्यवस्थापन र नियमनका लागि विधेयक प्रस्तुत गर्नेछन्। यसका अतिरिक्त विभिन्न आयोगका प्रतिवेदनहरू पनि सभामा पेस हुनेछ।

#Nepal#News#राजनीति