पूर्ण विवरण
१४ माघ, काठमाडौं। सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन र विकास, आर्थिक मामिला तथा सुशासन समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेश गरिएको छ। समितिका सभापति मायाप्रसाद शर्माले भूकम्प पीडितलाई राहतसम्बन्धी कार्यमा ढिलाइ नगर्न र पुरानो संसद भवनको प्रवलीकरणमा ध्यान दिन सरकारलाई सचेत गराएका छन्। त्यस्तै, कमला पन्तले सरकारलाई जवाफदेही बनाउन र जलवायु परिवर्तनका असरलाई न्यूनिकरण गर्न ठोस कदम चाल्न आग्रह गरेका छन्।
#Nepal#News#राजनीति