पूर्ण विवरण
१२ माघ, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेललाई ११ माघमा सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस गरिएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा सो प्रतिवेदन प्रस्तुत गरे। यस अवसरमा आयोगका अन्य उच्च अधिकारीहरू पनि उपस्थित थिए। निर्वाचनमा कुल २ करोड ४० लाख ६९ हजार रुपैयाँ खर्च भएको जानकारी दिइएको छ।
#Nepal#News#राजनीति