Sunday, February 1, 2026
राजनीति

मधेश प्रदेशमा १८ माघमा सार्वजनिक बिदा

आईएनएन स्टाफ
3 मिनेट पढ्न
शेयर:

पूर्ण विवरण

मधेश प्रदेश सरकारले १८ माघका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यो निर्णय गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता राधेशंकरप्रसाद पालले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ। १६ मंसिरमा गरिएको मन्त्रिपरिषद्को निर्णय अनुसार, यो सार्वजनिक बिदा रविदास जयन्ती (माघ पूर्णिमा)का अवसरमा दलित र सीमान्तकृत समुदायको विशेष श्रद्धा र भक्तिको सम्मान गर्दै दिइएको हो।

#Nepal#News#राजनीति