Sunday, February 1, 2026
अन्य

बागबजार र बबरमहलमा बक्स कल्भर्ट निर्माण

आईएनएन स्टाफ
3 मिनेट पढ्न
शेयर:

पूर्ण विवरण

काठमाडौं महानगरपालिकाले बागबजार र बबरमहल क्षेत्रमा बक्स कल्भर्ट निर्माण गर्ने निर्णय गरेको छ। यसका लागि बागबजार नजिक टुकुचा खोलामा रु ५७ लाख ७२ हजार ६९४ मा ठेक्का सम्झौता भएको छ र निर्माण आगामी चैत मसान्तभित्र सम्पन्न हुनेछ। बबरमहलमा धोवीखोलाको किनारमा रोजबड स्कूल नजिक रु दुई करोड २१ लाख २३ हजार ८९९ को लागतमा बक्स कल्भर्ट निर्माण गरिनेछ, जसको काम आगामी पुस मसान्तभित्र सम्पन्न गर्ने योजना रहेको छ।

#Nepal#News#अन्य