पूर्ण विवरण
दाङबाट काठमाडौं आउँदै गरेको बस शुक्रवार बिहान करिब ३:१० बजे चितवनको मुग्लिन-नारायणघाट सडक खण्डमा अनियन्त्रित भएर पल्टिएको छ। प्रहरीका अनुसार यस दुर्घटनामा ४० जना घाइते भएका छन्, जसमा २ जनालाई उपचार पछि डिस्चार्ज गरिनुभएको छ। १५ जना मौलाकालिका अस्पताल, १७ जना पुरानो मेडिकल कलेज, ५ जना नयाँ मेडिकल कलेजमा र अन्यलाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र सडक अहिले खुलिसकेको छ।
#Nepal#News#अन्य