Sunday, February 1, 2026
राजनीति

प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारको नामावली आज

आईएनएन स्टाफ
3 मिनेट पढ्न
शेयर:

पूर्ण विवरण

काठमाडौँ, ८ माघ। निर्वाचन आयोगले आज प्रतिनिधि सभा सदस्यका उम्मेदवारको नामावली प्रकाशन गर्दैछ। मंगलबारको मनोनयन दर्तापछि उम्मेदवारविरुद्ध उजुरीका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको थियो। यसमा ३०८९ पुरुष, ३96 महिला र १ तेस्रो लिङ्गी गरी कुल ३४८६ उम्मेदवार दर्ता भएका छन्। आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म नामावली सार्वजनिक गरिनेछ। माघ ९ गतेको दिन उम्मेदवारको अन्तिम नामावली र निर्वाचन चिह्न वितरणको कार्यक्रम हुनेछ।

#Nepal#News#राजनीति