पूर्ण विवरण
कास्कीमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा २६ वर्षदेखि ७० वर्षका उम्मेदवारहरू प्रतिस्पर्धा गर्दैछन्। कास्की क्षेत्र नं २ मा सबैभन्दा कम उमेरका २६ वर्षीय निर्दोषविक्रम पौडेल र क्षेत्र नं ३ मा सबैभन्दा बढी उमेरका ७० वर्षीय गोपाल गिरी उम्मेदवार रहेको जानकारी प्राप्त भएको छ। यस निर्वाचनमा कुल ४९ जना उम्मेदवार दर्ता भएका छन् जसमा १८ राजनीतिक दल र ६ जना स्वतन्त्र उम्मेदवार छन्। यसपटक ३ लाख ८ हजार ५७२ जना मतदाता रहेको र १७ हजार ४ जना नयाँ मतदाता थपिएका छन्। कुल उम्मेदवारमध्ये केवल ५ जना महिलाहरू छन्।
#Nepal#News#राजनीति