पूर्ण विवरण
काठमाडौं। प्रतिनिधि सभा अन्तर्गत प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ, जहाँ देशभर २,९२५ उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। निर्वाचन आयोगले उजुरीको अवधि भोलि (माघ ७) बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म रहने जानकारी दिएको छ। बुधबारकै दिन साढे ६ बजे मनोनयन र उजुरीको जाँचबुझ गरिने र अन्तिम नामावली प्रकाशित गरिने छ। उम्मेदवारले माघ ९ गतेसम्म आफ्नो नाम फिर्ता लिन सक्नेछन्।
#Nepal#News#राजनीति