Sunday, February 1, 2026
राजनीति

प्रतिनिधिसभामा समानुपातिक उम्मेदवारबिरुद्ध उजुरी

आईएनएन स्टाफ
3 मिनेट पढ्न
शेयर:

पूर्ण विवरण

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक तर्फका तीन उम्मेदवारविरुद्ध उजुरी परेको छ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का चन्देश्वर मण्डल, नेपाली कम्युनिस्ट पार्टीका जीवन लामा, र राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमार बहादुर थापाबारेका उजुरीहरू निर्वाचन आयोगमा दर्ता भएका छन्। मण्डलको उम्मेदवारी आदिवासी समूहमा राख्न नमिल्ने, लामा अपाङ्गता नभइ अपाङ्गता समूहमा राखिएको र थापाले चियाबगानको जग्गा अनधिकृत रूपमा बेचेका बारे उजुरी भएको छ। आयोगले उजुरी गरिएको मिति अर्थात् माघ १३ मा सबुतसहित उपस्थित हुन भनेको छ।

#Nepal#News#राजनीति