Sunday, February 1, 2026
राजनीति

स्वास्थ्य बिमाको रकम नपाउँदा पर्वत अस्पतालमा संकट

आईएनएन स्टाफ
3 मिनेट पढ्न
शेयर:

पूर्ण विवरण

पर्वत जिल्लाको एकमात्र सुविधासम्पन्न प्रदेश अस्पताल स्वास्थ्य बिमाको रकम भुक्तानी नपाएर संकटमा परेको छ। अस्पतालले तीन वर्षदेखि तीन करोडभन्दा बढी रकम नपाएको र यसले औषधि, उपकरण खरिद, तलब तथा अन्य नियमित कार्यमा समस्या सिर्जना गरेको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डीराज पौडेलले जानकारी दिए। सरकारले स्वास्थ्य बिमा गरेका बिरामीहरूको उपचारको लागि समयमै भुक्तानी नगर्दा अस्पतालका क्रियाकलाप प्रभावित बनेका छन्। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष याबहादुर परियारका अनुसार, स्वास्थ्य बिमा बोर्डले दिएको बिल भर्पाइका आधारमा स्वास्थ्य मन्त्रालयमा रकमको माग गरिए पनि भुक्तानी नआउँदा अस्पतालको सेवा व्यवस्था कठिन भएको छ।

#Nepal#News#राजनीति
    स्वास्थ्य बिमाको रकम नपाउँदा पर्वत अस्पतालमा संकट | Independent News Nepal