Sunday, February 1, 2026
अर्थ

गोरखकाली रबर उद्योग पुनः सञ्चालन गर्न माग

आईएनएन स्टाफ
3 मिनेट पढ्न
शेयर:

पूर्ण विवरण

गोरखकाली रबर उद्योग पुन: सञ्चालनका लागि सुझाव कार्यदलले १० महिना लगाएर तयार गरेको प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हालाई पेस गरेको छ। यस प्रतिवेदनमा उद्योगको स्थिर सम्पत्तिमा आधारित नयाँ प्रविधिलाई प्रयोग गरेर गोरखकाली ट्रेडमार्कसहित उद्योग पुनः सञ्चालनको सिफारिस गरिएको छ। सुझावमा कम्पनीका पुराना मेसिनलाई बदल्न र सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा रणनीतिक लगानीकर्ता खोज्नुपर्ने उल्लेख गरिएको छ। उद्योग २०७२ देखि बन्द रहेको छ।

#Nepal#News#अर्थ