पूर्ण विवरण
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारी सञ्चालनका लागि संघीय, प्रदेश र स्थानीय तहका सरकारले लगानी गर्नुपर्नेमा जोड दिइन्। मन्त्री गौतमले प्रदेश अस्पताल पर्वतको निरीक्षण गर्दै, स्वास्थ्य बिमाको बजेट अभावका कारण थुप्रै अस्पतालले सेवा दिन नसकेको जानकारी दिइन्। उनले स्वास्थ्य सेवासम्बन्धी आवश्यकतामा ध्यान दिन र नागरिकलाई आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्न विभिन्न नीति र योजना बनाउनुपर्नेुपर्ने बताइन्। उनले भदौमा भएको आन्दोलनका घाइतेको उपचार सुनिश्चित गर्न सरकारले काम गरिरहेको जानकारी पनि दिइन्।
#Nepal#News#राजनीति