पूर्ण विवरण
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि विभिन्न जिल्लाका मतपत्रको नमूना सार्वजनिक गरेको छ। जसमा एक निर्वाचन क्षेत्र भएका जिल्लाहरूका लागि एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका लागि भिन्न भिन्न मतपत्रको नमूना समावेश गरिएको छ। आयोगका प्रवक्ता अनुसार, उम्मेदवारहरूको सङ्ख्याका आधारमा पनि मतपत्रको आकार निर्धारण गरिएको छ। काठमाडौँको नमूना मतपत्र सबैभन्दा ठूलो रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूका लागि पनि मतपत्रका नमूना जारी गरिएका छन्।
#Nepal#News#राजनीति