पूर्ण विवरण
काठमाडौँमा नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिटमा सुनुवाइ सम्पन्न भएको छ। न्यायाधीश बालकृष्ण ढकालको इजलासले चौधरीको रिटमा निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश दिएको छ। चौधरीको उम्मेदवारी टीकापुर हत्याकाण्डसँग सम्बन्धित कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका कारण खारेज भएको हो। चौधरीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गरेका थिए।
#Nepal#News#राजनीति