पूर्ण विवरण
प्रत्येक वर्षको माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा विद्या र सृजनाका देवी सरस्वतीको विधिपूर्वक पूजा गरिन्छ। आजका दिन देशभरका सरस्वती मन्दिरहरूमा भक्तजनको भीड लाग्ने गर्छ। नारायणको ताजामा हनुमानढोका दरबारमा राष्ट्रपतिले ‘वसन्त श्रवण’ गर्ने कार्यक्रम समेत छ। विद्या र बुद्धि प्राप्तिका लागि आज नयाँ शिक्षा सुरु गर्नका साथै शिशुको नाक र कान छेड्ने परम्परा रहेको छ। यस दिन मन्दिरमासमेत श्रद्धालुहरूले पूजा गर्दा विद्या र सृजनाको प्रगति हुने विश्वास गरिन्छ।
#Nepal#News#अन्य