Sunday, February 1, 2026
राजनीति

म्याग्दीमा श्रीमतीको हत्या गर्ने युवक पक्राउ

आईएनएन स्टाफ
3 मिनेट पढ्न
शेयर:

पूर्ण विवरण

म्याग्दीको धवलागिरी गाउँपालिका–७ झिनडाडाँमा २० वर्षीया पुनमाया बिकको हत्या गरेर फरार भएका ३२ वर्षीय रमेश कामीलाई प्रहरीले पक्राउ गरेको छ। उनले माघ ३ गते राति चक्कु प्रहार गरि पुनमायाको हत्याका आरोपमा माघ ४ गते पोखरामा पक्राउ परेका हुन्। रमेशमाथि ज्यानसम्बन्धी कसुर मुद्दामा म्याग्दी जिल्ला अदालतबाट पाँच दिनको हिरासतको अनुमति लिइएको छ। घटनाको समयमा लगाएको रगत जस्तो देखिने दाग भएको कम्ब्याट ज्याकेट र अन्य सामग्री पनि प्रहरीले बरामद गरेको छ।

#Nepal#News#राजनीति